फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको काठमाडौं कन्फ्युसियस संस्थान दश वर्ष

(GMT+08:00) 2017-06-26 16:20:22

        नेपालको काठमाडौं कन्फ्युसियस संस्थानले हिजो 25 तारिख आफ्नो दशौं वार्षिकोत्सव समारोह अर्थात् प्राज्ञिक गोष्ठीको आयोजना गरेको छ। नेपालका लागि चिनियाँ राजदूतावासका राजनीतिक मामिला काउन्सिलर याङ्ग श छाउले यस समारोहमा जानकारी दिनुभएअनुसार सन् 2007 मा काठमाडौं विश्वविद्यालय र ह पै अर्थ तथा व्यापार विश्वविद्यालयले नेपालमा पहिलो कन्फ्युसियस संस्थानको स्थापना गरेको थियो। यो संस्थान नेपालमा चिनियाँ भाषा सिकाउने,शिक्षकलाई तालिम दिने र चिनियाँ संस्कृतिको प्रचारप्रसार गर्ने गरी तीनवटा कुरा समेटिएको मैत्री शैक्षिक संस्था हो।

         काठमाडौं विश्वविद्यालयका उपाध्यक्ष सुरेशमान श्रेष्ठका अनुसार काठमाडौं कन्फ्युसियस संस्थान स्थापना भएको दशौं वार्षिकोत्ससँग निकै महत्वपूर्ण भावार्थ रहेको छ। यो संस्थानले भविष्यमा नेपाल र चीनबीच प्राज्ञिक तथा साँस्कृतिक आदानप्रदान र सहयोगमा महत्वपूर्ण भूमिका सिर्जना गर्नेछ।

जानकारी तथा लेखहरु