फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्रीको अफ्गानिस्तान र पाकिस्तान भ्रमण फलदायी

(GMT+08:00) 2017-06-26 18:20:18

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले चीनका परराष्ट्रमन्त्री वाङ यीले चौब्बीस र पच्चीस तारिख गर्नुभएको अफ्गानिस्तान र पाकिस्तानको भ्रमणबाट सक्रिय उपलब्धि हासिल भएको जानकारी दिँदै अफ्गानिस्तान र पाकिस्तान यी दुई पक्षले आपसमा सक्रिय अडान देखाएर सम्बन्ध सुधार गर्न महत्वपूर्ण पाइला चाल्ने विश्वास व्यक्त गर्नुभएको छ।

         आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। उहाँले चीनका नेता र अफ्गानिस्तान, पाकिस्तानका नेताबीच सम्पन्न भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारी चीन-अफ्गानिस्तान, चीन-पाकिस्तान द्वीपक्षीय सम्बन्धलाई अरु विकास गर्ने र अफ्गानिस्तान तथा पाकिस्तानको आग्रहमा यी दुई देशको भ्रमण गरी अफ्गानिस्तन-पाकिस्तान सम्बन्ध तथा अफ्गानिस्तानको शान्ति प्रकृयालाई अझै अघि बढाउनु नै चीनका परराष्ट्रमन्त्रीको भ्रमणको लक्ष्य रहेको थियो, भन्नुभयो। उहाँका अनुसार, यस भ्रमणबाट पाँच वटा महत्वपूर्ण सहमत सम्पन्न भएका छन् अर्थात् चीन, अफ्गानिस्तान, पाकिस्तानले क्षेत्रीय शान्ति र स्थीरताको संरक्षण गरी साझा सुरक्षा तथा विकासलाई बढाउनेछ, अफ्गानिस्तान र पाकिस्तानले आपसी सम्बन्धको सक्रिय सुधार गरी द्वीपक्षीय संकट नियन्त्रण तथा व्यवस्थापन प्रणालीको स्थापना गर्नेछन्, चीन, अफ्गानिस्तान, पाकिस्तानले विदेशमन्त्रीस्तरीय वार्ता प्रणालीको स्थापना गर्नेछन्, तीन पक्षले अफ्गानिस्तान, पाकिस्तान, चीन, अमेरिका समन्वयन टोलीको पुनस्थापना गर्नेछन, तीन पक्षले शाङ हाइ सहयोग संगठन-अफ्गानिस्तान सम्पर्क टोलीको कार्यको छिटै पुनस्थापना गरी अफ्गानिस्तान शान्ति प्रकृयालाई सक्रिय भूमिका निर्वाह गर्नेछन्।

जानकारी तथा लेखहरु