फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकलाई थप सुविधा दिन काठमाडौंका पर्यटकीयस्थलमा निःशुल्क इन्टरनेट

(GMT+08:00) 2017-06-27 16:27:30

      पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौं महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ। कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन्। 'यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ', सहप्रवक्ता ढकालले भन्नुभयो।

      तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ। त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुने गोरखापत्र अनलाइनले जनाएको छ।

एक वर्षअघि रत्नपार्कमा इन्टरनेट राखेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि महानगरले अन्य स्थानमा पनि राख्ने तयारी गरेको हो। इन्टरनेट राख्नु पूर्व रत्नपार्कको आम्दानी वार्षिक ५० लाख रुपैयाँ हुने गरेको थियो। अहिले वार्षिक एक करोड रुपैयाँ आम्दानी हुने गरेको कामनपाको दाबी छ।

       रत्नपार्कमा इन्टरनेटसँगै त्यहाँको सौन्दर्य पनि राम्रो बनाएपछि पर्यटकको आगमनमा वृद्धि भएको हो। त्यसैले अन्य स्थानमा पनि यस किसिमको व्यवस्था गर्न लागिएको बुझिएको छ।

जानकारी तथा लेखहरु