फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थप लगानीका विशेष आर्थिक क्षेत्र बनाउनुपर्ने व्यवसायीहरूको सुझाव

(GMT+08:00) 2017-06-27 16:27:58

        थप लगानी भित्र्याउन विराटनगरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न पूर्व विराटनगरका उद्योगी व्यवसायीहरूले माग गरेका छन्। विशेष आर्थिक क्षेत्र स्थापना नहुँदा नयाँ उद्योग खोल्न समस्या भएको उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले सोमबार विराटनगरमा गरेको कार्यक्रममा उद्योगीहरूले जग्गा खरिद गरेर नयाँ उद्योग खोल्ने अवस्था नरहेको बताए।

         महासंघका प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले अत्यधिक जग्गाको मूल्य वृद्धिका कारण जग्गा खरिद गरेर नयाँ उद्योग खरिद गर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो। सरकारले भैरहवामा दुई वर्षअघिदेखि नै विशेष आर्थिक क्षेत्र स्थापना गरिसकेको छ । कारोबार अनलाइनका अनुसार सरकारको नीति र ऐन कानुनका कारण भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र प्रभावकारी हुन नसकेको उनीहरू बताउँछन्।

          विराटनगर जुट मिल, सुगर मिल र साल्ट टेडिङको जग्गामा विशेष आर्थिक क्षेत्र स्थापना गर्न सकिने राउतको भनाइ छ । एक दशकभन्दा लामो समयदेखि यो क्षेत्रका उद्योगीहरूले विशेष आर्थिक क्षेत्र स्थापना गर्न माग गर्दै आएका छन्। नेपाल विजनेश फोरमसँगको सहकार्यमा आयोजित कार्यक्रममा उद्योगी रमेश राठीले औद्योगिक क्षेत्र स्थापना गर्नसमेत माग गर्नुभयो। उद्योग संगठन मोरङका सदस्य राकेश सुरानाले उत्पादनमूलक क्षेत्रका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

जानकारी तथा लेखहरु