फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा फोहोरबाट बिजुली निकाल्ने मेसिन सुरूवात

(GMT+08:00) 2017-06-27 16:28:25

     काठमाडौं महानगरपालिकाले सुरु गरेको फोहोरबाट बिजुली निकाल्ने मेसिनको उद्घाटन गरिएको छ।

      मेसिनको काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र नेपालको लागि युरोपियन युनियनकी राजदुत रिन्छे टेरिन्कले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

       ३ वर्ष अवधिको लक्ष्य राखेर सुरु भएको परियोजनामा युरोपियन युनियनको ८० र काठमाडौं महानगरको २० प्रतिशत आर्थिक साझेदारी छ। यो परियोजनाले वार्षिक करिव २ हजार ५ सय टन बराबरको कार्वनडाईअक्साइड ग्यास उत्सर्जनमा कमी हुने अपेक्षा गरिएको छ।

       दैनिक ३ मेट्रिक टन जैविक फोहोर मिथानेसन गर्न सक्ने क्षमताको पुर्ण क्रियाशिल उपकरणबाट दैनिक ३ सय किलो जैविक मल, ९६ किलो एलपिजी ग्यास, १४ किलोवाट बिजुली र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन हुने महानगरले जनाएको छ। कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाडौमा फोहोरको अत्याधिक समस्या रहेकोले मातहतका कर्मचारीलाई बिहान सवेरै फोहोर उठाउन निर्देशन दिएको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु