फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीमा क्षेत्रबाट फिर्ता जान भारतीय सीमा रक्षक सेनालाई चीनको चेतावनी

(GMT+08:00) 2017-06-27 16:34:10

      चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले 26 तारिख भारतीय सीमा रक्षा सेनाले चीन र भारतबीचको सीमामा पर्ने सिक्किम क्षेत्रमा सीमा पार गरेको घटनाबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ। उहाँका अनुसार हाल भारतीय सीमा रक्षा सेनाले सिक्किम क्षेत्र पार गरी चीनको भूमिमा प्रवेश गर्दै चिनियाँ सीमा रक्षा सेनाद्वारा तुङ्ग लाङ्ग क्षेत्रमा गराइएको सामान्य गतिविधिमा बाधा पारेको छ। चीन पक्षले सम्बन्धित प्रतिक्रियात्मक कदम चालेको छ।

         चीन र भारतबीचको सीमा क्षेत्रको सिक्किम क्षेत्र सन्1890को《चीन बेलायत सम्मेलनको तिब्बत भारत सन्धि》द्वारा तोकिएको हो। स्वतन्त्र भएपछि भारत सरकारले धेरै पटक गरी लिखित माध्यममार्फत उक्त कुरालाई निश्चित गर्दै चीनसँगको सिक्किम सीमामा कुनै पनि विवाद रहेको छैन भनी स्वीकार गरेको छ। चीनले भारत पक्षले सीमा पार गरेका भारतीय सेनालाई फिर्ता गर्नुका साथै यस घटनालाई राम्रोसँग छानबीन गर्न आग्रह गरेको छ।

जानकारी तथा लेखहरु