फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-06-27 16:35:08

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 26 तारिख अमेरिकाको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ह्रवाइट हाउसमा भेटवार्ता गर्दै व्यापार र सुरक्षा आदि समस्याबारे छलफल गर्नुभएको छ।

     हिजो आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अमेरिका र भारतले न्यायिक र पारस्परिक हित भन्ने व्यापारिक सम्बन्धको स्थापना गर्न सक्ने आशा व्यक्त गर्नुभएको छ। साथै भारतले अमेरिकाबाट भारतमा निकास हुने वस्तु सम्बन्धी सिमिततालाई शिथिल पार्नसक्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्पका अनुसार भारतको अर्थतन्त्रमा वृद्धि ल्याउन अमेरिकाले भारततर्फ अझ बढी अमेरिकी ऊर्जास्रोत निकास गर्नसक्ने इच्छा गरेको छ।

      अमेरिकाको सरकारी तथ्याङ्कअनुसार सन्2016मा भारतका लागि अमेरिकाको व्यापारिक घाटा चौबीस अर्ब अमेरिकी डलर पुगेको थियो।

जानकारी तथा लेखहरु