फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र विश्व अर्थतन्त्र मञ्चका अध्यक्षबीच भेटवार्ता

(GMT+08:00) 2017-06-27 16:35:38

        चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले 26 तारिख दिउँसो ता ल्यानको राज्य अतिथि गृहमा सन्2017ग्रीष्म दावस मञ्चमा भाग लिन आउनुभएका विश्व अर्थतन्त्र मञ्चका अध्यक्ष क्लाउस स्च्वाब लगायत अतिथिहरूसँग भेटवार्ता गर्नुभएको छ।

         भेटवार्तामा प्रधानमन्त्री लीले विश्व अर्थतन्त्र मञ्च र चीनबीचको सहयोगको सक्रिय मूल्याङ्कन गर्नुभएको छ। उहाँका अनुसार विश्व अर्थतन्त्रको पुनरुत्थानलाई प्रवर्द्धन गर्नका लागि विभिन्न मुलुकको संयुक्त प्रयास आवश्यक हुन्छ। चीनले निरन्तर रुपमा नयाँ चरणका उच्चस्तरीय खुल्लापनलाई प्रवर्द्धन गर्दै विदेशी उद्योगका लागि न्यायिक प्रतिस्पर्धा भन्ने व्यापार-वातावरण सिर्जना गर्दै जाने छ।

         विश्व अर्थतन्त्र मञ्चका अध्यक्ष स्च्वाबका अनुसार विश्व अर्थतन्त्र मञ्चले चीनसँगको सहयोगलाई मजबुत बनाउँदै विश्व अर्थतन्त्रलाई अघि बढाउनका लागि दिगो तथा शक्तिशाली योगदान सिर्जना गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु