फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङद्वारा ग्रीष्म ऋतु दाभोस मञ्चलाई सम्बोधन

(GMT+08:00) 2017-06-27 18:35:38

          सन् 2017 विश्व आर्थिक मञ्चको नयाँ नेतृत्व वार्षिक सम्मेलन अर्थात् ग्रीष्म ऋतु दाभोस मञ्च जुन सत्ताइस तारिख चीनको ल्याउनिङ प्रान्तको ता ल्यानमा सुरु भएको छ। आज विहान आयोजित उद्घाटन समारोहमा चीनका प्रधानमन्त्री ली ख छ्याङले सम्बोधन गर्दै चौथो औद्योगिक क्रान्तिमा उदार बृद्धि हुने यस मञ्चको शीर्षक हो भने चीन उदार बृद्धिको सक्रिय अभ्यासी हो भन्नुभयो। साथै उहाँले रोजगार नै उदार बृद्धिको आधार भएकाले रोजगारीलाई विकासको प्रथम स्थानमा राख्न अडिग रहने पनि बताउनुभयो।

            प्रधानमन्त्री लीले इन्टर्नेट र डिजिटलको आधारमा भएको नयाँ चरणको औद्योगिक क्रान्तिबाट नयाँ माग-चाहना देखिएबाहेक अरु बढी समान सहभागी मौका पनि प्रदान गरिएको बताउँदै नयाँ चरणको औद्योगिक क्रान्तिमा उदार बृद्धि हुने ठूलो सम्भावना रहने व्यक्त गर्नुभयो। उहाँले चीन उदार बृद्धिको सक्रिय अभ्यासी भइरहेको छ भन्दै केही वर्षयता सिर्जना, समन्वय, हरित, खुलापन र शेयरको विकास विचारमा चीन अडिग रही आफ्नो राष्ट्रिय अवस्था अनुकूल उदार बृद्धिको बाटो सिर्जना गरेको जानकारी दिनुभयो। यसरी नै केही वर्षयता चीनका शहर तथा गाउँवस्तीमा हरेक वर्ष एक करोड तीस लाख जनाको रोजगारी बढेकोले बेरोजगारी दर पाँच प्रतिशतमा कायम राखिरहेको पनि उहाँले सुनाउनुभयो।

जानकारी तथा लेखहरु