फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा दोश्रो चरणको स्थानीय तहको निर्वाचन

(GMT+08:00) 2017-06-28 16:44:24

        असारे झरी र बाढी पहिरोको परवाह नगरी लाखौं मतदाता दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो मत प्रयोग गर्न उत्सापूर्वक सहभागी भएका छन्। प्रदेश नम्बर १, ५ र ७ का उच्च हिमाली भेगदेखि मैदानी फाँट, तराई मधेससम्म आज मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

         दोस्रो चरणको निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने अनलाइन खबरले जनाएको छ। जसका लागि ८ हजार ३६४ मतदान केन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ। यसपटक सगरमाथाको आधार शिविर क्षेत्र खुम्बु भ्यालीदेखि नेपालकै सबैभन्दा होचो भूभाग केचनासम्मका मतदाताहरु मतदानमा सहभागी छन्। ३ प्रदेशका ३५ जिल्लामा रहेका ३३४ स्थानीय तहमा मतदान हुँदैछ।

         १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनका लागि ६२ हजार ४०८ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । जसमा एक महानगरपालिका, ७ उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिका तथा २८७४ वडा छन्। प्रदेश नम्बर १ का १४ जिल्लामा १३७ स्थानीय तहमा मतदान भइरहेको छ। त्यस्तै प्रदेश नम्बर ५ का १२ जिल्लाका १०९ स्थानीय तहमा मतदान भइरहेको छ भने प्रदेश नम्बर ७ का ९ जिल्लाका ८८ स्थानीय तहमा मतदान भइरहेको छ।

          दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री शेरवहादुर देउवा, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्रवहादुर चन्द, संविधानसभा अध्यक्ष सुवास नेम्वाङसहित प्रमुख दलका अधिकांश शीर्ष नेता मतदाता छन्।

जानकारी तथा लेखहरु