फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अस्ट्रेलियामा नेपाली भाषा बोल्नेहरुको संख्या ६२ हजार ५ सय

(GMT+08:00) 2017-06-28 16:46:59

         अस्ट्रेलियाले गएको वर्ष आयोजना गरेको राष्ट्रिय जनगणना २०१६ को प्रारम्भिक जानकारी अनुसार अस्ट्रेलियामा नेपाली भाषा बोल्नेहरुको संख्या ६२ हजार ५ रहेको छ।

         त्यहाँको एसबिएस रेडियोको नेपाली सेवाका अनुसार मंगलबार मात्रै यो प्रारम्भिक तथ्यांक आएको हो। अस्ट्रेलियाली तथ्यांक विभागद्वारा मंगलबार सार्वजनिक गरिएको उक्त जानकारीमा न्यू साउथ वेल्समा ३४ हजार ६०६ जनाले आफूले घरमा नेपाली बोल्ने बताएका छन् भने भिक्टोरियामा उक्त संख्या १० हजार ४१४ रहेको छ।

          यस्तै क्वीन्सल्याण्डमा ५ हजार ९१८ नेपाली भाषीहरु छन् भने साउथ अस्ट्रेलियामा ४ हजार ५०४ रहेको छ। साथै वेस्टर्न अस्ट्रेलियामा २ हजार ८३१, टासमनियामा एक हजार ६४७, नर्दन टेरीटोरीमा एक हजार २१९ र राजधानी शहर रहेको एसीटीमा एक हजार भन्दा कम ८६६ जनाले आफू नेपाली बोल्नेबताएका छन् ।

          यस सम्बन्धी बिस्तृत विवरण तथा तथ्यांक विश्लेषण हुन अझै बाँकि नै छ। अस्ट्रेलियामा नेपाल, भुटान तथा भारतबाट नेपाली भाषीहरु बसाईसराई सरेर आएका हुन्।

जानकारी तथा लेखहरु