फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन्2017 चीन छङ्गतु-ब्रिक्स मुलुक चलचित्र महोत्सव सुरु

(GMT+08:00) 2017-06-28 16:47:55

       सन् 2017 चीन छङ्गतु-ब्रिक्स मुलुक चलचित्र महोत्सवको समापन समारोह अर्थात् पुरस्कार वितरण समारोह 27 तारिख चीनको छङ्गतुमा आयोजना भएको छ।

        यस जुन 23 तारिख सुरु भएको छङ्गतु-ब्रिक्स मुलुक चलचित्र महोत्सवमा ब्रिक्सका पाँच मुलुकबाट 33 वटा चलचित्र देखाइएको थियो। समस्त सर्वसाधारणले यी चलचित्रको सक्रिय मूल्याङ्कन गरेका छन्। अन्तमा ब्राजिलको निसे: पागल मुटु अर्थात् द हार्ट अफ म्याडनेसलाई सर्वश्रेष्ठ चलचित्रको उपाधि दिइएको छ। यस चलचित्र महोत्सवको संयोजन समितिले ब्रिक्स मुलुकको संयुक्त प्रयासमा बनाइएको समय कहाँ गयो अर्थात् ह्वेर ह्याज टाइम गोन नामक चलचित्रलाई विशेष योगदान पुरस्कार वितरण गरिएको छ। यस चलचित्रले पूर्ण रुपमा"खुल्ला तथा समावेशी,सहयोग तथा साझा फाइदा"भन्ने ब्रिक्स भावनालाइ देखाएको छ।

         पुरस्कार वितरण बाहेक यस महोत्सवको अवधिमा ब्रिक्स मुलुक चलचित्र सहयोग मञ्च र ब्रिक्स पाँच मुलुक चलचित्र दिवस आदि कार्यक्रमको आयोजना गरिएको छ। र ब्रिक्स मुलुक चलचित्र सहयोग छङ्गतु घोषणा पत्र पारित भएको छ।

जानकारी तथा लेखहरु