फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको थिंक ट्यांकद्वारा एक पेटी एक मार्ग निलो-पत्र सार्वजनिक

(GMT+08:00) 2017-06-28 18:06:36

        एक पेटी एक मार्ग भन्ने अवधारण प्रस्तुत गरिएको तीन वर्षयता चीन र सम्बन्धी तटवर्ती मुलुक र अन्तर्राष्ट्रिय संगठनले एक सयभन्दा बढी सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेको छ। एक पेटी एक मार्गले तटवर्ती मुलुकबीचको सहयोगलाई विस्तार गरेको देखिन्छ। चीनको थिंक ट्यांक अर्थात् चीनको सामाजिक तथा बैज्ञानिक प्रतिष्ठानले 27 तारिख《एक पेटी एक मार्ग निलो–पत्र: एक पेटी एक मार्गको निर्माण विकास प्रतिवेदन2017》सार्वजनिक गरेको छ।

         यस निलो-पत्रका अनुसार तीन वर्षयता पाइएको प्रारम्भिक उपलब्धिले जनतालाई आशा मात्र नभइ विविध खास फाइदाहरू पनि दिएको छ। जसबाट यस अवधारणको साझा हित तथा फाइदा भन्ने सहयोगात्मक धारणा प्रतिबिम्बित भएको छ। एक पेटी एक मार्ग भन्ने अवधारणमा प्रचुर विषय समेटिएको छ। यसमध्ये प्रभावकारी र खास सहयोगको मुख्य दिशा नै पारस्परिक सम्पर्क,व्यापारलाई सुविधायुक्त बनाउनु र ऊर्जास्रोत सहयोग हो। यसका लागि नीतिको सम्पर्क र मानव तथा साँस्कृतिक आदानप्रदानलाई मजबुत बनाउनुपर्छ।

जानकारी तथा लेखहरु