फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले आफ्नो गल्ती नसच्याएसम्म भारतीय तीर्थयात्री तिब्बत पुग्न नपाउने

(GMT+08:00) 2017-06-28 18:21:05

         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले भारतीय तीर्थयात्री समयमै तिब्बती नाथुला नाका हुँदै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्ने भन्दै सो तीर्थयात्रा लाइन पुनः कहिले खुल्छ भन्ने कुरा भारतले समयमै आफ्नो त्रुटी सिच्याउनेमा निर्भर रहने बताउनुभएको छ।

          आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। उहाँले भन्नुभयो चीन-भारत नेताबीच सम्पन्न भएको सहमत र चीन-भारत सीमा सिक्किम भाग नै चीन तथा भारत दुवैले निश्चित गरेको सीमा क्षेत्र रहेको वास्तविकताका आधारमा चीनले सन् 2015 भारतीय तीर्थयात्रीलाई चीन-भारत सीमा क्षेत्रको सिक्किम भागमा पर्ने नाथुला नाका हुँदै तिब्बत आउने तीर्थयात्रा लाइन खोल्न स्वीकार गरेको थियो। चीनका सम्बन्धित विभागले यसअघि पनि यसै वर्षका सम्बन्धित तयारी कार्य पूरा गरिसकेको छ। सो बाटो स्थगित गर्नुको कारण नै भारतीय सीमा रक्षकले अवैध रुपमा सीमा लाइन पार गरेपछि चालेको आकस्मिक कदम हो।

जानकारी तथा लेखहरु