फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थानीय सरकारको ऋण जोखिम समष्टिगत नियन्त्रणमा

(GMT+08:00) 2017-06-28 19:48:36

         चीनको लेखा परिक्षण कार्यलयका सम्बन्धित जिम्मेवार व्यक्तिले हाल जनाएअनुसार चीन सरकारले सरकारी ऋणको व्यवस्थापनलाई निकै जोड दिँदै कानूनबमोजिम स्थानीय सरकारको ऋण तथा पूँजी जुटाउने संयन्त्रलाई सुव्यवस्थापन गरेको छ। हाल केही वर्षयता लेखा परिक्षण अवस्थाबाट चीन सरकारको ऋण जोखिम समष्टिगत नियन्त्रणामा राखिएको अभिव्यक्त भएको छ भने अर्थतन्त्र स्थिर अवस्थामा अझ राम्रोसँग विकसित भैरहेको छ।

         बित्तीय आयको निगरानी तथा व्यवस्थापन गर्दै बित्तीय परिपार्टीको संरक्षण गर्ने राष्ट्रिय संस्थाको रुपमा लेखा परिक्षण कार्यालयले हरेक वर्षको जुन महिनामा गत वर्षको लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर्दछ।

जानकारी तथा लेखहरु