फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा फलाम आयातमा वृद्धि

(GMT+08:00) 2017-06-29 19:19:16

        वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भएर फलामको आयात बढेको छ। साउनदेखि जेठ मसान्तसम्म यो नाकाबाट पोहोरभन्दा २५ हजार १५ टन धेरै फलाम आयात भएको छ। यसपालि चार लाख ५६ हजार टन फलाम आयात भएको छ। पोहोर यही अवधिमा चार लाख ३० हजार नौ सय ८५ टन आयात भएको थियो। फलामको छड, ग्रिल मेटेरियल, सिट, एंगल लगायत विभिन्न खाले निर्माण सामग्री र फलामका अन्य उत्पादन बनाउने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ सुक्खा बन्दरगाह भएर आयात हुन्छ।

         सुक्खा बन्दरगाह भन्सार कार्यायका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईंका अनुसार यस कार्यालयमा संकलन हुने कुल राजस्वको मुख्य स्रोत औद्योगिक कच्चा पदार्थको रुपमा आयात हुने फलाम नै हो। यसपालि देखिएको वृद्धि करिब ६ प्रतिशत हो। घर बनाउन लाग्ने फलामे छड बनाउन प्रयोग हुने एमएस बिलेटको आयातमा उच्च वृद्धि भएको देखिएको छ। यसको आयातमा दोब्बरभन्दा पनि आठ प्रतिशतभन्दा बढी वृद्धि भएको कार्यालयको तथ्यांकले देखाएको छ। पोहोर एक लाख ६७ हजार पाँच सय ४२.५६९ टन आयात भएको एमएस बिलेट यसपालि तीन लाख ४८ हजार सात सय ८५.९२९ टन आयात भएको छ।

          पातालो छड बनाउन प्रयोग हुने, गोलो 'क्वायल'मा आउने 'स्टिल रड वायर'को आयात पनि उल्लेखनीय रुपमा ५०.६६ प्रतिशतले बढेको छ। पोहोर ३८ हजार दुई सय ६२.५०६ टन आएको 'स्टिल रड वायर' यो वर्ष ५७ हजार ६ सय ४८.८१७ टन आयात भएको छ। गोलाकार बन्डलमा आउने फलामे पाता'एचआर सिट'को आयातमा भने भारी कमी आएको नागरिकन्यूज डट कमले जनाएको छ।

जानकारी तथा लेखहरु