फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली आर्थिक वर्षको ११ महिनामा ९ खर्ब रुपैयाँको आयात

(GMT+08:00) 2017-06-29 19:19:45

         मुलुकभित्र चालू आर्थिक वर्षको ११ महिनामा ८ खर्ब ९३ अर्ब ५३ करोड २१ लाख ९९ हजार रुपैयाँबराबरको वस्तु भित्रिएको छ । यो गत वर्षको यसै अवधिको ६ खर्ब ८५ अर्ब ४२ करोड ७ लाख २२ हजार रुपैयाँको तुलनामा ३०.३६ प्रतिशतले बढी हो । गत वर्षका सुरुवाती महिनामा भारतीय सीमा नाकामा देखिएको अवरोध र राजनीतिक आन्दोलनका कारण आयात प्रभावित भए पनि चालू वर्ष सुरुदेखि नै वस्तु आयात उच्च दरमा देखिन्छ । गत वर्ष भने अघिल्लो आर्थिक वर्ष ०७१/७२ को ६ खर्ब ९३ अर्ब ७ करोड ५२ लाख ७७ हजारको तुलनामा १.१ प्रतिशतले थोरै आयात भएको थियो । ०७१/७२ मा पनि वैशाख १२ मा विनाशकारी भूकम्पका कारण पछिल्लो दुई महिना आयातमा कटौती भएको थियो ।

          भन्सार विभागका अनुसार जेठमा मात्रै ८६ अर्ब २५ करोड ९१ लाख ९ हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ । यसअघि सबैभन्दा बढी आयात चैतमा ९८ अर्ब ३१ करोड २६ लाख ७५ हजार रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ । ११ महिनामा कुल ६८ अर्ब ५५ करोड ३१ लाख ३४ हजार रुपैयाँबराबरको वस्तु मुलुकबाट बाहिरिएको छ । यसअवधिमा भएको निर्यात गत वर्षको ६१ अर्ब २३ करोड ८४ लाख ५२ हजारको तुलनामा ११.९४ प्रतिशत अर्थात् ७ अर्ब ३१ करोड ४६ लाख ८२ हजार रुपैयाँले बढी रहेको कारोबार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु