फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको हङकङ यात्रा सुरू

(GMT+08:00) 2017-06-29 19:20:20

        चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य समितिका अध्यक्ष समेत रहनुभएका राष्ट्राध्यक्ष सी चिन फिङले आज 29 तारिख विहान विशेष विमानद्वारा हङकङको भ्रमण सुरू गर्नुभएको छ। उहाँले यस जुलाई एक तारिख हङकङ मातृभूमिमा समाहित भएको बीसौं वाषिकोत्सवको समारोह अर्थात् हङकङ विशेष प्रशासनिक क्षेत्रको पाँचौं सरकार स्थापना समारोहमा भाग लिनुका साथै हङकङमा विभिन्न अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम छ।

        राष्ट्राध्यक्ष सीका अनुसार यस हङकङको भ्रमणमा तीन वटा उद्देश्य रहेका छन्:एक, हङकङ विशेष प्रशासनिक क्षेत्र स्थापना भएको बीस वर्षयता प्राप्त वृहत् उपलब्धिको हार्दिक शुभकामना दिनु।

         दुई, समर्थन देखाउनु। बीस वर्षयता हङकङको विकासका लागि शक्तिशाली समर्थन दिँदै आएको केन्द्रीय सरकारले सधैं नै हङकङको आर्थिक विकास र नागरिक जीवनको सुधारलाई समर्थन दिँदै जाने छ। र, तीन, भविष्यको प्रारुप बनाउनु। केन्द्रीय सरकारले हङकङका विभिन्न पक्षसँग यी बीस वर्षको महान अनुभवको पूनरावलोकन गर्दै भविष्यको प्रारूप तयार गर्नेछ।

जानकारी तथा लेखहरु