फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा रुस र जर्मनीको भ्रमण गर्नुहुने

(GMT+08:00) 2017-06-29 19:21:26

        यसै जुलाई तीन तारिखदेखि चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले यस वर्षको आफ्नो चौथो विदेश भ्रमण अर्थात् रुस र जर्मनीको राजकीय भ्रमण र जर्मनीमा आयोजना हुने बीस मुलुक समूहको शिखर सम्मेलनमा भाग लिनुहुने भएको छ। चीनको परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिले जानकारी दिभएअनुसार राष्ट्राध्यक्ष सीको यस भ्रमणको महत्वपूर्ण भावार्थ रहेको छ। चीन-रुसबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकासको नयाँ अवस्था खोल्नुका साथै चीन र जर्मनीबीचको भावी सम्बन्धको विकासका लागि स्पष्ट दिशा बनाउने छ। साथै यस भ्रमणले बीस मुलुक समूहले विश्व अर्थतन्त्रको शक्तिशाली、दिगो、सन्तुलित र समावेशी विकासलाई प्रवर्द्धन गर्ने छ।

        यस बाहेक यस वर्षमा ब्रिक्स मुलुकको अध्यक्ष मुलुकको रुपमा चीनले नियमित नियम बमोजिम ह्यामबर्गर शिखर सम्मेलन हुनुअघि ब्रिक्स मुलुक नेतास्तरीय अनौपचारिक सम्मेलनको आयोजना गर्ने छ। राष्ट्राध्यक्ष सीले यस सम्मेलनमा महत्वपूर्ण भाषण गर्नुका साथै सम्बन्धित मुलुकका नेताहरुसँग द्वीपक्षीय वार्ताको आयोजना गर्नुहुने छ।

जानकारी तथा लेखहरु