फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका एकतीस वटा क्षेत्रमा शहरी पूर्वाधार गुणस्तरको तयारी सुरू

(GMT+08:00) 2017-06-29 19:22:23

       चीनको राष्ट्रिय मानकीकरण व्यवस्थापन समितिका अध्यक्ष थेन श हुङले चीनले एकतीस वटा क्षेत्रमा सार्वजनिक शहरी पूर्वाधारको न्यूनतम गुणस्तरको तयारी गर्न थालेको जानकारी दिनुभएको छ। साथै उहाँले स्मार्ट शहरको मूल्याङ्कन सूची प्रणालीलाई सत्र वटा शहर र तीन वटा क्षेत्रमा उपयुक्त ठहर भएको जानकारी दिनुभयो।

        जुन अट्ठाइस तारिख चीनको छिङ ताउ शहरमा आयोजित अन्तर्राष्ट्रिय मानकीकरण मञ्चमा अध्यक्ष थेन श हुङले उक्त कुरा व्यक्त गर्नुभएको हो। उहाँका अनुसार, चीनले दीगो शहरी विकास मानकीकरण प्रविधि समितिको स्थापना गरी स्मार्ट शहरको मानकीकरण समन्वय तथा प्रवर्धन प्रणालीको स्थापना गरेको छ साथै स्मार्ट शहर गुणस्तरीय प्रणाली तथा मूल्याङ्कन सूची प्रणाली स्थापना र कार्यान्वयनसम्बन्धी सुझाव सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु