फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली एन्टी-डम्पिङ्ग नयाँ जाँच उपायको परिमार्जनको चीनद्वारा विरोध

(GMT+08:00) 2017-06-29 19:22:57

        चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता सुन चि वनले हाल युरोपेली संसदमा पारित परिमार्जित एन्टी-डम्पिङ्ग जाँचको नयाँ उपाय विश्व व्यापार संगठनको नियम विपरीत रहेकोले त्यसको चीनले कडा विरोध गरेको जानकारी दिनुभएको छ। साथै उहाँले चीनले छिटोभन्दा छिटो गरी विश्व व्यापार संगठनको नियमबमोजिम कानून संशोधन गरी चीन-युरोप व्यापार घर्षणको उचित रुपमा व्यवस्थापन तथा नियन्त्रण गर्न युरोपलाई ताकिता तुल्याएको बताउनुभयो।

          जुन उनन्तीस तारिख पैचिङमा आयोजित चीनको वाणिज्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सुनले उक्त कुरा बताउनुभएको हो।

          जुन बीस तारिख युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिले एन्टी-डम्पिङ्ग जाँच नयाँ उपाय परिमार्जनसहित पारित गरेको थियो। सो परिमार्जनले गैर-सामाजिक अर्थव्यवस्था मुलुक सूचीको सट्टामा गम्भीर प्रकृतिका मुलुकको सूची स्थापना गरी चीनलाई राखेको छ।

जानकारी तथा लेखहरु