फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम नेपालको कालिकोट जलविद्युतको केन्द्र बन्दै

(GMT+08:00) 2017-06-30 16:16:56

       कालिकोट जलविद्युत् 'हब' बन्ने प्रक्रियामा लम्कँदै छ । ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२ जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् भने १६ मेगावाटको पादमघाट र ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत्ले पनि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन् । यी आयोजना बनेमा १ हजार ३१२ मेगावाट विद्युत् उत्पादन हुनेछ।

         कर्णालीको आर्थिक विकासको आधारका रूपमा रहेको जल, जंगल र जडिबुटीको उपयोगमा यो वर्ष निकै ठूला उपलब्धि भएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाही बताउनुहुन्छ। सरकारले हालै कालिकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ।

         नेपाल विद्युत् प्राधिकरणले तिला १ र तिला २ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । दुई जलविद्युत् आयोजनाको प्रवद्र्धक एससी कम्पनीले तीन वर्षअघि नै यो कम्पनीले विद्युत् विकास विभागमा निर्माण अनुमतिको लागि आवेदन दिएको थियो। तर विद्युत् खरिद सम्झौता तथा प्रसारणलाइन सम्बन्धी सम्झौता रोकिएको बेला ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा प्राधिकरणसँग सम्झौता पत्रमा हस्ताक्षर भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो।

         कारोबार अनलाइनका अनुसार ४२० मेगावाटको तीला–१ परियोजनाबाट कालिकोटका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुन्।

जानकारी तथा लेखहरु