फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र हङकङका पदाधिकारीबीच भेटवार्ता

(GMT+08:00) 2017-06-30 16:17:59

       चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गले हिजो 29 तारिख मध्यान्ह हङकङमा हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रशासक ल्याङ्ग चन यीङ्गसँग भेटवार्ता गर्नुका साथै दिउँसो हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रशासन、कानूनको निर्माण、कानून संस्थाका जिम्मेवार व्यक्तिसँग भेटवार्ता गर्नुभएको छ।

        प्रशासक ल्याङ्गसँगको भेटवार्तामा राष्ट्राध्यक्ष सीले प्रशासकीय जिम्मेवारी बहन गरेको पाँच वर्षयता ल्याङ्गको कामलाई उच्च मूल्याङ्कन गर्नुभएको छ। साथै भविष्यमा ल्याङ्गले नयाँ काममा निरन्तर रुपमा हङकङ र राष्ट्रका लागि सेवा गर्दै एक देश दुई व्यवस्था कार्यको विकासका लागि योगदान तथा शक्ति सिर्जना गर्दै जाने आशा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

         अन्य संस्थाका जिम्मेवार व्यक्तिसँगको भेटवार्तामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार हङकङमा एक देश दुई व्यवस्था भन्ने नीतिको सफल अभ्यासबाट शक्तिशाली शक्ति बोकेको यस नीति सम्पूर्ण रुपमा उचित भएको प्रमाण दिइएको छ। ती पदाधिकारीले नयाँ नियुक्त प्रशासकलाई समर्थन दिँदै हङकङलाई अझ राम्रो बनाउने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु