फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल 23औं"लान चौ मेला"को अतिथि मुलुक बन्ने

(GMT+08:00) 2017-06-30 16:18:35

       चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले हिजो 29 तारिख पैचिङ्गमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार नेपाल 23औं"लान चौ मेला"को अतिथि मुलुक बन्नका लागि चीनले स्वागत गर्दै एक पेटी एक मार्गलाई अवसरको रुपमा लिँदै चीन र नेपालबीचको दीर्घकालीन मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई प्रवर्द्धन गर्दै जाने आशा गरेको छ।

        23औं"लान चौ व्यापार तथा लगानी मेला"यस जुलाई छदेखि नौ तारिखसम्म कान सु प्रान्तको लान चौ शहरमा आयोजना हुँदैछ। एक पेटी एक मार्गलाई जोड दिइने यस मेलामा नेपाल नै अतिथि मुलुकहरुमध्ये एक बन्ने छ। चीनले नेपाललाई एक पेटी एक मार्ग निर्माणको सहयोगात्मक साझेदारी लिएको छ। हाल यी दुबै पक्षले नेपालको उच्च स्तरीय प्रतिनिधि मण्डलद्वारा यस मेलामा भाग लिने कुराप्रति सम्पर्क राखिरहेका छन्।

जानकारी तथा लेखहरु