फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेटोले अफ्गानिस्तानमा तैनाथी समय लम्ब्याउने

(GMT+08:00) 2017-06-30 16:19:27
         नेटो सदस्य मुलुकका रक्षा मन्त्रीहरुले हिजो 29 तारिख नेटोको"अफ्गानिस्तान कार्यभारको समर्थन"सम्बन्धी सहभागी मुलुकका प्रतिनिधिहरुसँग सम्मेलनको आयोजना गरेको छ। नेटोका महासचिव जेन्स स्टोल्टेन्वर्गले यस सम्मेलन पछि गरिएको पत्रकार सम्मेलनमा जनाउनुभएअनुसार नेटोले आफ्गानिस्थानमा आफ्नो तैनाथ समयलाई सन्2017पछिसम्मका लागि लम्ब्याएको छ।

          महासचिव जेन्सका अनुसार अफ्गानिस्तानको सुरक्षा परिस्थिति निरन्तर गम्भीर भैरहेको छ। हाल केही महिनायता दशौं निर्दोष नागरिक मारिएका छन्। त्यसैले नेटोले उक्त निर्णय गरेको हो। नेटोले निरन्तर रुपमा अफ्गानिस्तानसँगको राजनीतिक सम्बन्ध र वास्तविक सहयोगलाई मजबुत बनाउँदै जाने छ।

जानकारी तथा लेखहरु