फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्रमन्त्रालयद्वारा हङ्गकङ्ग विकासमाथि मूल्याङ्कन

(GMT+08:00) 2017-06-30 18:39:53

     चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले केन्द्रिय सरकार र चिनियाँ मुख्य भूमिको वृहत् समर्थनमा हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रमा विभिन्न कार्यको चौतर्फी रुपमा विकास भएको बताउनुभएको छ।साथै उहाँले हङ्गकङ्गमा एक देश दुई व्यवस्था नीतिको सफल संचालन भएको र हङ्गकङ्गको समृद्धि तथा स्थिरताले सर्वसाधारणको शान्तिपूर्ण बसाइ तथा रोजगारको अवस्थाबाट हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका जनता तथा मुख्यभूमिका जनतालाई खुशी लागेको विचार व्यक्त गर्नुभएको छ।

     आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। जुन उनन्तीस तारिख बेलायत्तका विदेशमन्त्री जोहनसनले व्यवस्थाको नियम, स्वतन्त्र न्यायपालिका प्रणाली, स्वतन्त्र सञ्चारमाध्यम नै हङ्गकङ्गले सफलता प्राप्त गर्नुका मुख्य विषय रहेको बताउनुभयो। उहाँले भविष्यमा हङ्गकङ्ग सफल हुनसक्ने कि नसक्ने नै चीन-बेलायत संयुक्त वक्तव्यले हङ्गकङ्गलाई दिने हित तथा स्वतन्त्रताको आधार हुने उल्लेख गर्नुभयो।

       अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले हङ्गकङ्गका नागरिकको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि अमेरिकाले ध्यान दिनुका साथै हङ्गकङ्गको लोकतान्त्रिक प्रणालीको थप विकासमा समर्थन दिने धारणा प्रकट गर्नुभएको थियो।

       त्यसप्रति प्रवक्ता लु खाङले हङ्गकङ्ग सफल छ कि असफल भन्ने नै हङ्गकङ्गको सार्वभौमिकता मातृभूमिको हातमा फर्केको बीस वर्षको अवधिमा प्रमाणित भइसकेको उल्लेख गर्नुभयो। तर कुनै पनि बाहिरी मान्छेले जथाभावी रुपमा मूल्याङ्कन गर्नु उपयुक्त नहुने पनि प्रवक्ता लुले बताउनुभयो।

जानकारी तथा लेखहरु