फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले थाइवानलाई हातहतियार बेच्ने निर्णयप्रति चीन असन्तुष्ट

(GMT+08:00) 2017-06-30 18:45:06

      हाल अमेरिकी विदेशमन्त्रालयले थाइवानलाई एक अर्ब चालीस करोड अमेरिकी डलरको सैन्य उपकरण बेच्ने निर्णय गरेको छ। यसप्रति चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले चीन-अमेरिका तीन वटा संयुक्त विज्ञाप्तिमा आफूले गरेको वचनबद्धताको पालना गरी थाइवानलाई हातहतियार बेच्ने निर्णय उल्टाएर अमेरिका-थाइवान सैन्य सम्पर्क रोक्न चीनले अमेरिकालाई ताकिता गरेको जानकारी दिनुभएको छ।

     आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। चीनले बेग्ला बेग्लै गरी पैचिङ र वाशिन्टनबाट अमेरिकासँग गम्भीरताका साथ कुराकानी गरी अमेरिकाले थाइवानलाई हातहतियार बेचेकोप्रति कडा विरोध गरेको पनि प्रवक्ता लु खाङले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु