फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्पेनका गाडीहरूमा नेपाल भ्रमणको निम्तोको सन्देश

(GMT+08:00) 2017-07-01 16:09:49

        स्पेनको पर्यटकीय शहर बार्सिलोनामा यस सिजनमा आउने करिब १० लाख पर्यटकले नेपाल भ्रमणको निम्तो पाउने भएका छन्। स्पेनमा रहेका नेपालीहरुको समुहले बार्सिलोनका प्रमुख पर्यटकिय रुटमा गुडने लोकल बसहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टास्ने भएका हुन्। बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राख्ने तयारी भइरहेको हो। स्थानीय ट्रम्प, मेट्रो र बस प्राधिकरण(टिएमबी अथोरिटी) सँग पहिलो चरणमा १५ दिन शुल्क दिएर विज्ञापनको सहमती भएको खरेलले जानकारी दिनुभयो।

         कार्यक्रमको समन्वय गरिरहेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले स्पेनमा आउने विश्वभरका पर्यटकले नेपालका सुन्दर तस्विर सहितको निमन्त्रणाले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताउनुभयो। जुलाई र अगस्तमा स्पेनमा समुन्द्रको आन्नद लिन विश्वभरका पर्यटक नेपाल आउछन्।

         बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राख्ने तयारी भइरहेको हो। स्थानीय ट्रम्प, मेट्रो र बस प्राधिकरण(टिएमबी अथोरिटी) सँग पहिलो चरणमा १५ दिन शुल्क दिएर विज्ञापनको सहमती भएको खरेलले जानकारी दिनुभयो। जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरुमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरु टाँसिने छन्।

जानकारी तथा लेखहरु