फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अव पर्यटकीय सहर पोखरामा पनि गाडीको ध्वनि निषेध

(GMT+08:00) 2017-07-01 16:10:20

        देशकै ठूलो पोखरा–लेखनाथ महानगरपालिकालाई साउनदेखि हर्न निषेधित क्षेत्र (नो हर्न जोन) बनाइने भएको छ। आउँदो साउन १ गतेदेखि हर्न निषेधित क्षेत्र बनाउने तयारी भएको महानगरपालिकाका सूचना अधिकारी ओमराज पौडेलले बताउनुभयो।

        उहाँका अनुसार भदौ १ गतेदेखि महानगरभित्र भइरहेको सडक पार्किङसमेत हटाउने महानगरपालिकाले निर्णय गरेको छ। सडकमै पार्किङ गर्न दिएर महानगरले पार्किङ शुल्क लिएको भन्दै यसअघि पटकपटक विरोध खेप्दै आएको महानगरपालिकाले यसपटक यस्तो निर्णय गरेको हो।

         उक्त निर्णयसँगै असार मसान्तभित्र त्यसको तयारी गर्न सरोकारवाला पक्षलाई आग्रह गर्ने निर्णय भएको महानगरपालिकाका सूचना अधिकारी पौडेलले बताउनुभयो। साथै महानगरपालिकाभित्र तत्कालै माइकिङमा रोक लगाउने निर्णय गरेको छ। स्वास्थ्य, सुरक्षा र विपद्बाहेक अन्य बेला माइकिङमा समेत साउन १ गतेदेखि प्रतिबन्ध लगाउने निर्णय भएको पौडेलले बताउनुभयो।

          सडक पार्किङ हटाउन सार्वजनिक जग्गाको खोजी गरेर त्यसलाई पार्किङस्थल बनाउने र सार्वजनिक जग्गा पर्याप्त नभए निजी क्षेत्रलाई जिम्मा दिएर भए पनि सडक पार्किङको विकल्प खोज्न महानगरपालिका उन्मुख भएको कारोबार अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु