फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ मातृभूमि फिर्तीको बीसौँ वार्षिकोत्सवको अवसरमा आयोजित रात्री भोजमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ सहभागी

(GMT+08:00) 2017-07-01 16:10:54

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन तीस तारिख बेलुकी हङकङ सरकारबाट आयोजित स्वागत रात्री भोजमा उपस्थित भएर महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले बीस वर्षमा एक देश दुई व्यवस्था नीति हङकङमा सं‍चालन भएर बिरुवा जस्तै पानी तथा हावाका साथ बढ्दैआएर विभिन्न उपलब्धि हासिल भएको भन्दै आफू, हङकङ, देशलाई विश्वास गरी एक देश दुई व्यवस्था नीतिमा कुनै परिवर्तन नहुने र विश्वासका साथ स्थिर रुपमा हङकङमा यो प्रणाली सं‍चालनको अझ ठूलो उपलब्धि हासिल गर्नुपर्ने कुरा दोहोर्‍याउनुभयो।

        राष्ट्राध्यक्ष सीले मातृभूमि नै जहिले पनि हङकङको दृढ समर्थक भइरहेको उल्लेख गर्नुभयो। मातृभूमिको समृद्धि तथा विकास नै हङकङ विकासको आधार मात्र नभई हङकङ विकासको नयाँ दिशा, शक्ति र विकासको अवसर पनि प्रदान गरेको उहाँले व्यक्त गर्नुभयो।

        सीले एक देश दुई व्यवस्था नीति, हङकङवासीले हङकङको शासन गर्ने नीति, उच्च स्वशासन नीति र हङकङ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐनको पूर्ण रुपमा संचालन गरी सँगै मिलेर प्रयास गर्न अडिग रहेको खण्डमा हङकङको अझै राम्रो भविष्यको सिर्जना गर्नसक्नेमा जोड दिनुभयो।

जानकारी तथा लेखहरु