फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा हङकङका विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट

(GMT+08:00) 2017-07-01 16:11:27
       चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन तीस तारिख दिउँसो हङकङमा हङकङका विभिन्न क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्नुका साथै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

        उहाँले उपस्थितहरुमाझ हङकङ समाजका श्रेष्ठ प्रतिनिधिहरूलाई लामो समययता हङकङ सुचारु रुपमा मातृभूमिमा फर्केर समृद्धि तथा स्थिरता कायम गर्न, मुलुकको सुधार, खुलापन तथा आधुनिकीकरण निर्माण गर्न महत्वपूर्ण योगदान गरेकोमा हार्दिक धन्यवाद तथा उच्च सम्मान ज्ञापन गर्नुभयो।

         त्यस अवसरमा उहाँले प्रतिनिधिहरुलाई चार वटा आशा प्रस्तुत गर्नुभयो: एक, प्रमुख कार्यकारी क्यारी लाम चङ्ग युएत-न्गोर र विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकारलाई समर्थन दिएर सर्वसाधारण र सरकारबीचको पूलको भूमिका निर्वाह गरी विकास गर्न। दुई, एकताबद्ध समाजको मेलमिलाप र स्थिरताको संरक्षण गर्न। तीन, युवामाथि ध्यान दिएर सहयोग गरी एक देश दुई व्यवस्था महाकार्यको अरु संचालन दक्षता विकास गर्न। र चार, हङकङ र मुख्यभूमिबीचको आदान-प्रदान र सहयोग बढाएर संयुक्त विकास गर्न।

जानकारी तथा लेखहरु