फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पूर्वाधार लगानी बैङ्कको मूडीसद्वारा उच्च मूल्याङ्कन

(GMT+08:00) 2017-07-01 16:12:44

        अन्तर्राष्ट्रिय क्रेडिट मूल्याङ्कन संस्था मूडीसले हाल एउटा प्रतिवेदन सार्वजनिक गरी एशियाली पूर्वाधार लगानी बैङ्कलाई एएए स्तर मूल्याङ्कन गरेको छ। मूडिसको मूल्याङ्कन मापदण्डमा यो सर्वोच्च स्तर हो।

         मूडीसका अनुसार, वर्तमान तथा भविष्यमा एशियाली पूर्वाधार लगानी बैङ्कको समष्टिगत क्रेडिट अवस्था हेरेर उक्त मूल्याङ्कन गरिएको हो। एशियाली पूर्वाधार लगानी बैङ्कको दृढ व्यवस्थापन प्रारुप नै सो सर्वोच्च मूल्याङ्कनको मुख्य कारण रहेको पनि मूडीसले जनाएको छ।

         चीनको प्रस्तावमा स्थापना भएको एशियाली पूर्वाधार लगानी बैङ्क पूर्वाधार निर्माणको लगानी गर्ने नयाँ ढाँचाका बहु-पक्षीय विकास बैङ्क हो र सन् 2016को जनावरीमा औपचारिक रुपमा संचालन आएको बैंक हो।

जानकारी तथा लेखहरु