फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिंगद्वारा चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष तोङ च्येन ह्वासँग भेट-वार्ता

(GMT+08:00) 2017-07-01 16:14:23

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तीस तारिख दिउँसो हङकङमा चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष तोङ च्येन ह्वासँग भेट-वार्ता गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सीले तोङले हङकङ विशेष प्रशासनिक क्षेत्रको पहिलो अध्यक्ष भएर धेरै सिर्जनात्मक काम गरेकोमा प्रशंसा गर्नुभयो। राष्ट्राध्यक्ष सीले चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्षको पदमा निर्वाचित भएपछि तोङले राष्ट्रिय तथा हङकङ क्षेत्रको विकासका लागि सक्दो प्रयास गरेको औंल्याउनुभयो।

         प्रत्युत्तरमा उपाध्यक्ष तोङले राष्ट्राध्यक्ष सीको शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले राष्ट्रिय तथा हङकङको समृद्धिका लागि आफूले सक्दो गर्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु