फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङको मातृभूमि फिर्तीको बीसौँ वार्षिकोत्सव समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिंग सहभागी

(GMT+08:00) 2017-07-01 16:15:19

        आज जुलाई एक तारिख अर्थात् हङकङको मातृभूमि फिर्तीको बीसौँ वार्षिकोत्सव हो। आज विहान हङकङको मातृभूमि फिर्तीको बीसौँ वार्षिकोत्सव समारोह तथा हङकङ विशेष प्रशासनिक क्षेत्र पाँचौं सरकारको सपथ समारोह पनि हङकङमा आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिंग सो बैठकमा महत्वपूर्ण सम्बोधन दिनुभयो।

         उहाँले केन्द्रिय सरकारले "एक देश दुइ व्यवस्था"मा कुनै परिवर्तन नगर्ने बरू अझ कडा कार्यान्वयन गर्ने बताउँदै हङकङमा यो निती कार्यान्वयनमा कुनै विचलन नआउने र निर्विकल्प सधैं सही दिशामा अगाडि बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास नै हङकङको आधार हो भन्दै विकासबाट धेरै समस्या समाधान गर्न सकिने बताउनुभयो। उहाँले केही वर्षभित्र चीनको दिगो उच्च गतिको विकासले हङकङको विकासमा धेरै राम्रो मूल्य र शक्ति प्रस्तुत गरेको औंल्याउनुभयो। उहाँले हालै विश्वको आर्थिक ढाँचाको गहन समायोजनमा हङकङसामु धेरै ठूला चुनौती देखापरे पनि शान्ति र एकीकरणले हङकङलाई राम्रो दिशामा डोर्याएको पनि बताउनुभयो।

         समारोहमा हङकङ विशेष प्रशासनिक क्षेत्रका पाँचौँ प्रमुख कार्यकारी क्यारी लाम चङ्ग युएत-न्गोर र हङकङ विशेष प्रशासनिक क्षेत्रका पाँचौ सरकारका मुख्य अधिकारीले सपथग्रहण गरे।

जानकारी तथा लेखहरु