फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस र अमेरिकी राष्ट्रपतिको भेट-वार्ताबाट आपसी सम्बन्धको भविष्य निर्धारण हुने रुसी विदेश मन्त्रीको आशा

(GMT+08:00) 2017-07-01 16:16:27

       रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीस मुलुक संगठनको हमबर्ग शिखर सम्मेलनका दौरान हुने भेट-वार्तामा दुवै मुलुकबीचको सम्बन्धको भविष्य निर्धारण हुने रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभले आशा गर्नुभएको छ। उहाँले यही जुन तीस तारिख यस्तो विचार व्यक्त गर्नुभएको हो।

      उहाँले रुस र अमेरिकाबीचको सम्बन्धले विश्वका लागि धेरै महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो। उहाँले विश्वका धेरै मुलुकले हालै रुस र अमेरिका बीचको असामान्य स्थितिप्रति चिन्ता व्यक्त गरेको बताउनुभयो।

        उहाँले रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच छुट्टा-छुट्टै भेट-वार्ता नभएको तर उहाँहरुले टेलिफोन वार्तामा हालै असामान्य स्थितिलाई सुधार गर्ने इच्छा व्यक्त गर्नुका साथै केही समस्यामा एकमत भएको जानकारी दिनुभयो।

        बीस बीस वटा मुलुक संगठन शिखर सम्मेलन जुलाई सात तारिखदेखि आठ तारिखसम्म जर्मनीको हमबर्गमा आयोजना हुँदैछ।

जानकारी तथा लेखहरु