फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वदेशी लगानीको अर्को जलविद्युत सञ्चालनमा आउँदै

(GMT+08:00) 2017-07-02 14:06:47

स्वदेशी लगानीमा कुश्मा नगरपालिका– ८ परादीमा निर्माणाधीन २० मेगावाट तल्लो मोदिखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आगामी असोजभित्रै उत्पादन थाल्ने लक्ष्य रहेको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब १० प्रतिशतमात्र बाँकी छ।

हालसम्म बाँध, सुरुङ र इन्टेकको काम सम्पन्न भएको छ भने पावरहाउस निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ। आयोजनाको सुरुङ, पावरहाउस, बाँध र इन्टेकलगायतका मुख्य काम अन्तिम चरणमा पुगेकाले आगामी असोजसम्ममा उत्पादन थाल्ने आयोजनाका प्रमुख पवनकुमार यादबले जानकारी दिनुभयो।

कारोबार अनलाइनका अनुसार अहिले तीन सयभन्दा बढी कामदारले दिउँसो र राति आलोपालो काम गरिरहेका छन्। आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेका अनुसार गएको असोजमै उत्पादन दिने लक्ष्य रहेकामा भूकम्प र नाकाबन्दीका कारण निर्माण समय लम्बिएको हो। आयोजनाले बाँध, पावरहाउस र सुरुङको कामलाई प्राथमिकता दिएको छ। नदी सतहदेखि सुरुङसम्म पुग्ने क्षेत्रको काम सत्प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

मोदी गाउँपालिकास्थित पातीचौरबाट सुरु भई ४ हजार २ सय मिटर लामो सुरुङ कुश्मा नगरपालिाको चुवाको परादीमा टुंगिन्छ। सुरुंगको काम पूर्ण रूपमा सम्पन्न भइसकेको र अहिले फिनिसिंग गर्ने काम भइरहेको छ । सुरुङको इन्लेट, आउटलेट, अडिट–१ र अडिट–२ गरी चार ठाउँबाट खनिएकाले सबैतिरबाट जोडिसकेको हो।

जानकारी तथा लेखहरु