फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइल्याण्डले नेपालको पर्यटन प्रवर्धनमा सघाउने, भारतमा पनि अभियान

(GMT+08:00) 2017-07-02 14:07:32

नेपालका लागि थाइल्यान्डका राजदूत भकावत तान्सकुलले नेपालको पर्यटन प्रवद्र्धनका लागि सघाउन थाइल्यान्ड तयार रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले शुक्रबार गरेको अन्तर्क्रियामा राजदूत तान्सकुलले थाइल्यान्डमा बर्सेनि झन्डै तीन करोड ५० लाख पर्यटक आउने गरेको र उनीहरुलाई व्यवस्थापन गर्ने गरेको अनुभव नेपालसँग बाँड्न आफूहरु तयार रहेको धारणा राख्नुभयो । नेपाल र थाइल्यान्डबीच ५८ वर्षदेखिको पुरानो गहिरो सम्बन्ध रहेको बताउँदै उहाँले जनस्तरमा हुने सम्बन्धले व्यवसाय विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो।

यसैगरी भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल सङ्घको 'चलिए पोखरा' अभियानको एक टोली भारत प्रस्थान गरेको छ। टोलीमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जनाको सहभागिता छ। विनाशकारी भूकम्प, नाकाबन्दी र तराई–मधेश आन्दोलनले प्रभावित गरेको पर्यटनलाई उकास्न अभियानले सघाउने विश्वास लिइएको गोरखापत्र अनलाइनले लेखेको छ।

टोलीले लखनउ, कानपुर, वनारस, गोरखपुर, इलाहावाद, र फैजावादमा पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गर्ने र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिने अभियानको उद्देश्य रहेको सङ्घका महासचिव गणेशराज पहारीले बताउनुभयो। पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाटका कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना अभियानको टोलीले समेटेको छ।

जानकारी तथा लेखहरु