फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङका सबै कार्यक्रम सकेर चिनियाँ राष्ट्राध्यक्ष सी पैचिङ्ग फिर्ता

(GMT+08:00) 2017-07-02 14:08:23

हङकङका विभिन्न कार्यक्रम सम्पन्न गरी चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग एक तारिख मध्यान्ह विशेष विमानद्वारा पैचिङ्ग फर्किनुभएको छ।

गत जुन 29 तारिख हङ्कङमा पुग्नुभएका राष्ट्राध्यक्ष सीले हङकङको मातृभूमि फिर्तीको बीसौँ वार्षिकोत्सव समारोह र हङकङ विशेष प्रशासनिक क्षेत्र पाँचौं सरकारको सपथ ग्रहण समारोहमा भाग लिनुभएको थियो। साथै उहाँले हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारद्वारा आयोजित स्वागत रात्री भोज,हङकङको मातृभूमि फिर्तीको बीसौँ वार्षिकोत्सवको साँस्कृतिक प्रस्तुतीमा भाग लिनुका साथै हङ्कङका विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ। यसबाहेक राष्ट्राध्यक्ष सीले हङकङ तैनाथ चिनियाँ जनमुक्ति सेना र हङकङका महत्वपूर्ण परियोजनाहरूको निरीक्षण पनि गर्नुभएको थियो।

जानकारी तथा लेखहरु