फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा हङकङका महत्वपूर्ण पूर्वाधार प्रबन्ध परियोजनाको निरीक्षण

(GMT+08:00) 2017-07-02 14:08:54

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जुलाई एक तारिख विहान हङकङ विशेष प्रशासनिक क्षेत्रकी प्रमुख कार्यकारी क्यारी लाम चङ्ग युएत-न्गोरको साथमा कङ चु औं पुलअन्तर्गत हङकङ विभागको निर्माण स्थल र निर्माणमा भैरहेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो ट्रयाकको निरीक्षण गर्नुभएको छ।

कङ चु औं पुलअन्तर्गत हङकङ विभागको निरीक्षण गर्दै राष्ट्राध्यक्ष सीले सबै निर्माणकर्ताहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँका अनुसार कङ चु औं पुलको निर्माण नै केन्द्रीय समितिद्वारा हङकङ,मकाउ,र चु च्याँग नदीको तीन डेल्टा क्षेत्रको अझ राम्रो विकासमा समर्थन दिएको एक महत्वपूर्ण कदम हो। साथै यस कदम यी तीन क्षेत्रबीच घनिष्ट सहयोगको एक महत्वपूर्ण उपबल्धि पनि हो।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्राध्यक्ष सीले केन्द्रीय सरकारले हङकङको अन्तर्राष्ट्रिय यातायात हब भन्ने स्थानलाई सबल पार्नका लागि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो ट्रयाकको निर्माणमा समर्थन दिएको हो। सम्बन्धित सबै कर्मचारीले यस निर्माणलाई राम्ररी गर्नसक्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु