फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली संघद्वारा जर्मनीका भूतपूर्व चान्सरलको अन्त्येष्टी समारोह

(GMT+08:00) 2017-07-02 14:09:21

हिजो जुलाई एक तारिख युरोपेली संघले फ्रान्सको स्ट्रासबर्गमा जर्मनीका भूतपूर्व चान्सलर हेल्मुट कोलको अन्त्येष्टी समारोहको आयोजना गरेको छ। चिनियाँ जनराजनीतिक परामर्शदात्री समितिका अध्यक्ष वान काङ्गले राष्ट्राध्यक्ष सी चिन फिङको विशेषदूतको हैसियतले उक्त अन्त्येष्टी समारोहमा भाग लिनुभयो।

विशेषदूत वानले राष्ट्राध्यक्ष सी चिन फिङ, चीन सरकार र चिनियाँ जनताको तर्फबाट चान्सलर कोलको मृत्युप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। उहाँका अनुसार एक वरिष्ठ राजनितिज्ञको रुपमा चान्सलर कोलले चीन र युरोप, चीन र जर्मनीबीचको वार्ता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयास गर्नुभएको थियो। चीन सरकार र चिनियाँ जनताले यो पुरानो साथीलाई बिर्सने छैन। चीनले युरोप र जर्मनीसँगको आपसी सम्बन्धलाई प्रवर्द्धन गर्न प्रयास गर्दै जाने आशा पनि गरेको छ।

जानकारी तथा लेखहरु