फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स प्रणालीको रुसी विशेषज्ञद्वारा सक्रिय मूल्याङ्कन

(GMT+08:00) 2017-07-02 14:09:44

बीस मुलुक समूहको बाह्रौँ शिखर सम्मेलन जुलाई सात र आठ तारिख जर्मनीको हामबर्गमा आयोजना हुँदैछ। शिखर सम्मेलनको अवधिमा चीनले ब्रिक्सको अध्यक्ष मुलुकको रुपमा ब्रिक्स मुलुकका नेताबीचको अनौपचारिक वार्ताको आयोजना गर्नेछ। रुसी विशेषज्ञको विचारमा ब्रिक्स प्रणालीले विश्वमा सबैभन्दा ठूलो राजनीतिक प्रभाव रहेका र सबैभन्दा राम्रो आर्थिक विकास भएका विकासोन्मुख मुलुकको गठन गरी सो प्रणालीलाई विश्वव्यापी अन्तर्राष्ट्रिय सहयोगी प्रणाली बनाएको छ साथै नयाँ विकासमूलक आर्थिक समूह र विकासोन्मुख मुलुकले लोकतान्त्रिक, आपसी सम्मान, आपसी सहयोगको नमूना पनि बनाएको छ।

रुसको रणनीति अध्ययन संस्थानका विशेषज्ञ भियाचेस्लाभ खोलोदकोभले ब्रिक्स सदस्य मुलुकबीच अझ न्यायिक तथा उचित अन्तर्राष्ट्रिय व्यवस्था स्थापना गर्ने साझा लक्ष्य रहेको ब्रिक्स मुलुकले मिलेर विकास गर्ने कारण रहेको व्यक्त गर्नुभयो। उहाँले चीन-रुस सम्बन्धबाट ब्रिक्सका अरु मुलुकले सिक्न सकेको भन्दै ब्रिक्सका हरेक मुलुकले विश्वासका साथ समस्यामा पर्दा ब्रिक्सका अरु मुलुकको सहयोग पाउन सक्ने उल्लेख गर्नुभयो।

रुसको अन्तर्राष्ट्रिय मामिला समितिका विशेषज्ञ यारोस्लाभ लिसोभोलिकले चीनले ब्रिक्स मुलुकको आर्थिक विकासलाई बढाउन कोशिस गरिरहेको छ र रुसले चीनलाई दृढ समर्थन दिइरहेको भन्दै चीन-रुसको घनिष्ठ सहयोगले ब्रिक्सलाई विश्व आर्थिक विकासको महत्वपूर्ण शक्ति थप्नसक्ने धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु