फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रासायनिक हतियार निषेध संगठनको जाँच प्रतिवेदनमाथि विश्वास हुँदैन: सिरिया

(GMT+08:00) 2017-07-02 14:10:05

सिरियाली विदेशमन्त्रालयले जुन एक तारिख एउटा वक्तव्य प्रकाशित गरी सिरियाली इदलेब प्रान्तको रासायनिक हतियारमाथि रासायनिक हतियार निषेध संगठनले गरेको जाँच प्रतिवेदन विश्वसनीय नभएको बताएको छ।

उक्त वक्तव्य अनुसार, जाँच समितिले टर्कीको आतंककारीबाट पाएको तथाकथित प्रमाणका सामग्रीको आधारमा उक्त प्रतिवेदन तयार पारेको हो। त्यसप्रति सिरियाले एउटा पारदर्शी तथा विश्वासनीय प्रतिवेदन दिएर सम्बन्धित मुलुकको धम्कीको आधारमा नगर्न रासायनिक हतियार निषेध संगठनलाई ताकिता गरेको छ।

हाल सिरियामा कुनै पनि रासायनिक हतियार नभएको वक्तव्यले दोहोर्‍याएको छ साथै कुनै स्थान र अवस्थामा कुनै पनि पक्षमाथि लक्षित गरी रासायनिक हतियार प्रयोग गर्ने गतिबिधिको पनि निन्दा गरेको छ।

जानकारी तथा लेखहरु