फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी संभार पानीजहाज चिनियाँ समुद्रमा प्रवेश गरेकोमा चीनको आपत्ति

(GMT+08:00) 2017-07-03 09:55:01

अमेरिकी युएसएस स्टेथेम क्षेप्यास्त्रवाहक संभार पानीजहाजले जुलाई दुई तारिख चीनको सिशा द्बीप समूह भएको समुद्रमा अनधिकृत रुपमा प्रवेश गरेपछि चिनियाँ युद्धपोत र लडाकू विमानले सो अमेरिकी पानी जहाजलाई चेतावनी दिएर त्यसलाई चिनियाँ समुद्रबाट पन्छाएका छन्। अमेरिकाले फेरि एक पटक पानीजहाजलाई चीनको सोही समुद्री क्षेत्रमा अनधिकृत प्रवेश गर्न पठाएको गतिविधि गम्भीर राजनैतिक तथा सैनिक उत्तेजना रहेको र सो गतिविधिमाथि चीनले कडा असन्तोष र विरोध व्यक्त गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले हिजो दुई तारिख अमेरिकी युएसएस स्टेथेम क्षेप्यास्त्रवाहक संभार पानीजहाजले चीनको सिशा द्बीप समूह भएको समुद्रमा प्रवेश गरेकोबारे पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उक्त कुरा भन्नुभएको हो।

प्रवक्ता लुले चीनको आशियान मुलुकको साझा प्रयासमा साउथ चाइना समुद्री क्षेत्रको वर्तामान परिस्थिति लचिलो बन्दै गएको र सकारात्मक दिशातिर विकसित भैरहेको जानकारी दिनुभएको छ। अमेरिकाले सोही क्षेत्रमा उत्तेजना उठाएको गतिविधि सोही क्षेत्रमा रहेका मुलुकहरुको स्थिर,सहयोग तथा विकास गर्ने साझा अपेक्षासँग विपरीत भएको प्रवक्ता लुले दाबी गर्नुभएको छ। चीनको सार्वभौमसताको गम्भीर उलंघन गरेर चीनको सुरक्षामा धम्की दिने उत्तेजित गतिविधिलाई अमेरिकाले तुरुन्तै बन्द गर्ने ताकिता पनि चीनले तुल्याएको र देशको सा‌र्वभौमसता तथा सुरक्षालाई रक्षा गर्ने सबै आवश्यक कदम चीनले चाल्दै जाने छ।

जानकारी तथा लेखहरु