फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकको नयाँ विकास बैंकद्वारा पाँच वर्षे योजना सार्वजनिक

(GMT+08:00) 2017-07-03 10:58:41

ब्रिक्स मुलुकको नयाँ विकास बैंकले जुलाई दुई तारिख बेलुकी शांगहाईस्थित मुख्यालयमा आगामी पाँच वर्षका लागि समष्टिगत रणनीति सार्वजनिक गरेको छ। ब्रिक्स मुलुकको नयाँ विकास बैंकले आगामी कार्यलाई दिगो विकास क्षेत्रमा राख्ने, तीन भागमध्येको दुई भागका परियोजनाहरू दिगो विकाससम्बन्धी आधारभूत प्रबन्धको निर्माणमा लगाउने अनुमान गरेको छ।

उक्त रणनीतिअनुसार, ब्रिक्स मुलुकको नयाँ विकास बैंकको महत्वपूर्ण कार्य स्वच्छ ऊर्जा स्रोत, सिंचाइ, स्वच्छ पानीआदि दिगो विकास क्षेत्रमा राखिने छ। दिगो विकाससम्बन्धी आधारभूत प्रबन्धको निर्माण ब्रिक्स मुलुकहरू र अरु नवोदित आर्थिक समूहका लागि निकै महत्वपूर्ण हो। आधारभूत प्रबन्धको निर्माणले आर्थिक बृद्धिलाई बढाउनसक्ने, रोजगार अवसर उपलब्ध गराउनसक्ने छ।

जानकारी तथा लेखहरु