फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसंघमा नेपालको पक्षमा समर्थन माग

(GMT+08:00) 2017-07-03 16:07:27

तीन दिने भारत भ्रमणमा रहनु भएका नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिल्लीमा सघन छलफल थाल्नु भएको छ। हिजो आइतबार बिहान दिल्ली पुग्नु भएका महराले साँझ नै दिल्लीस्थित नेपाली दुतावासमा नेपाल हेर्ने केही गैरआवासीय राजदुतहरुसँग छलफल गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणमा दिल्ली जानु भएका महराले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा नेपाललले दिएको उम्मेदवारीको पक्षमा समर्थन खोज्न गैरआवासीय राजदुतहरुसँग छलफल गरेको भारतस्थित नेपाली दुतावासले जनाएको छ।

परराष्ट्र मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईंले 89 मुलुकका नेपालका लागि गैरआवासीय राजदुतहरुसँग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। 'धेरै देशले नेपाललाई नयाँदिल्लीबाटै समन्वय गर्छन्। ती सबै राजदूतहरुलाई एकै ठाउँमा जम्मा गराएर परराष्ट्रमन्त्री महराले नेपालको परराष्ट्र नीतिबारे जानकारी गराउँदै आपसी हितका क्षेत्रहरुबारे छलफल गर्नु हुनेछ,' चौलागाईंले भन्नुभयो 'यस्ता कुटनीतिक भेलाहरु एकदमै कम हुने गर्छन्। यसले नेपालको हित गर्ने निश्चित छ।' नेपालसँग कुटनीतिक सम्बन्ध भएका विश्वका एक सय 46 मुलुक मध्ये 89 मुलुकले नेपाललाई नयादिल्लीस्थित राजदूतावासबाट समन्वय गर्छन्।

छलफलका क्रममा महाराले आफ्ना सबै मित्रराष्ट्रका राजदूतसँग संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा दरिलो उम्मेदवारी रहेको भन्दै निर्वाचनमा समर्थन गर्न आग्रह गर्नुभयो। नेपालले सन् 2018 देखि 2020 सम्मका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएको छ।

आइतबार 89 मध्ये आधा देशका गैरआवासीय राजदुतहरुसँग छलफल भएको थियो। दिल्ली स्थित नेपाली दुतावासका अनुसार कार्यक्रममा परराष्ट्रमन्त्रालएको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सहसचिव भरतराज पौड्यालले नेपालमा मानवअधिकारको अवस्थाबारे प्रतिवेदन पेस गरेका थिए। कार्यक्रममा कतिपय दुतावास प्रमुखहरुले भने खुलेरै नेपाको समर्थन गर्ने आश्वासन दिएका दिएका चौलागाइँले बताउनुभयो।

जानकारी तथा लेखहरु