फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-07-03 15:25:35

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले आज जुलाई तीन तारिख बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ। उहाँहरूले चीन र अमेरिकाको सम्बन्ध, बीस मुलुक समूहका नेताहरूको हेम्बर्ग शिखर सम्मेलन लगायतका विषयमा वैचारिक आदान-प्रदान गर्नुभएको छ।

सीले चीन र अमेरिकाले मार अ लागोमा प्राप्त भएको सहमतिबमोजिम पारस्परिक सम्मान, फाइदा र हितयुक्त सिद्धान्तलाई पालना गर्ने, सहयोगमाथि ध्यान दिने, विवादको नियन्त्रण गर्ने र दुई मुलुकको सम्बन्धलाई वस्तुगत प्रगति हासिल गर्दै अगाडि बढाउने कुरामा जोड दिनुभयो।

ट्रम्पले जर्मनीको हेम्ब‍र्गमा आयोजना हुने बीस मुलुक समूहका नेताहरूको शिखर सम्मेलन निकै महत्वपूर्ण हुने भन्दै राष्ट्राध्यक्ष सी र अरू मुलुकका नेताहरूसँग साझा अभिरुचिका महत्वपूर्ण समस्याहरूबारे छलफल गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

उहाँहरूले हेम्बर्गमा भेटवार्ता गर्न र साझा अभिरुचिका समस्याबारे निरन्तर रुपमा वैचारिक आदान-प्रदान गर्न कुरामा सहमति गर्नु भएको छ।

जानकारी तथा लेखहरु