फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

41 औँ विश्व सम्पदा सम्मेलन पोल्या‍ण्डमा शुरु

(GMT+08:00) 2017-07-03 16:32:02

संयुक्त राष्ट्र संघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन अर्थात् यूनेस्कोको 41 औँ विश्व सम्पदा सम्मेलन जुलाई दुई तारिख बेलुकी पोल्याण्डको ऐतिहासिक शहर क्राकाउमा शुरु भएको छ। उक्त सम्मेलनले चीनको छिङ हाई प्रान्तको ख ख सी ली र फु चेन प्रान्तको कु लाङ युलगायतका 34 वटा सम्पदा परियोजनाबारे लेखाजोखा गर्ने छ।

यूनेस्कोका महाप्रबन्धक इरिना बोकोवाले उदघाटन समारोहमा हाल पूरातात्विक वस्तुको संरक्षण गर्नु महत्वपूर्ण कुरा हो भन्दै पूरातात्विक वस्तुको संरक्षणलाई अगाडि बढाउँदै रोजगारलाई बढाउने, आर्थिक विकास र सामाजिक मेलमिलापलाई बढाउने महत्वपूर्ण शक्ति रहेको बताउनुभयो।

पोल्याण्डका राष्ट्रपति आन्ड्रेज डुडाले पोल्याण्डले विश्व सम्पदा सम्मेलनको आयोजना गरेको यो पहिलो पटक रहेको बताउँदै पोल्याण्ड सरकारले यसमा महत्व दिएको कुरा बताउनुभयो।

चालू वर्ष जम्मा 34 वटा परियोजना विश्व सम्पदा नामावलीमा संलग्न हुन मनोनयन गरिएको छ। तीमध्ये 7 वटा प्राकृतिक सम्पदा परियोजना, 26 वटा सांस्कृतिक सम्पदा परियोजना र एउटा प्राकृतिक तथा सांस्कृतिक सम्पदा रहेका छन्। चीनको छिङ हाईको ख ख सी ली र फु चेन प्रान्तको कु लाङ युले क्रमशः प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदामा सूचिकृत हुन निवेदन दिएका छन्।

जानकारी तथा लेखहरु