फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनचनमा भारत सम्बन्धि परियोजनाको रोड शो

(GMT+08:00) 2017-07-03 18:54:00

गत जुन तीस तारिख भारतको टी.एम.टी. व्यवसाय (मसलन्द) परियोजनाको रोड शो कार्यक्रम चीनको शनचन छ्यानहाई तथा भारतको गुडगाँवमा एकै समयमा आयोजना भएका छन्। शनचन स्टक एक्सचेन्जको शाखा कम्पनी शनचन स्टक सूचना लिमिटेड कम्पनी तथा छ्यानहाई फाइनान्शियल होल्डिङसँगको संयुक्त संयोजनमा गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी परियोजनाको अन्तर्देशीय रोड शो कार्यक्रम हो।

मसलन्द व्यवसायले भारतको जी.डी.पी.मा 14 प्रतिशत ओगटेको छ र यस पटकको रोड शोमा भारतका पाँचवटा विशेषतायुक्त मसलन्द परियोजना समावेश गराइएको छ।

हालसम्म शनचन स्टक एक्सचेन्जले विदेशी मौद्रिक संस्थासँग मिलेर अन्तर्देशीय पूँजी जुटाउनुका साथै अझ गहन तथा व्यापक परिधिमा बेल्ट एण्ड रोडको इनिसिएटिभ निर्माणलाई सेवा प्रदान गर्ने प्रयास गरिरहेको छ।

जानकारी तथा लेखहरु