फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समृद्धिका लागि विशेष कार्यक्रम ल्याइने नेपालका प्रमको भनाइ

(GMT+08:00) 2017-07-04 16:10:22

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वर जस्ता ठूला जलविद्युत् परियोजनालाई सरकारले प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउने बताउनु भएको छ। प्रदेश नं. 7 को सामाजिक, आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी धनगढीमा आयोजित कार्यशालाको सोमबार उद्घाटन गर्दै उहाँले जलविद्युत् सम्भावना भएको यो क्षेत्रमा यसको विकासबिना समृद्धि हुन नसक्ने बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। प्रधानमन्त्रीले भने, '7 नं प्रदेशमा रहेको जलविद्युत् सम्भावनाको विकास हुन सक्यो भने यसले देशै समृद्ध हुन सक्छ।'

विगतमा प्रधानमन्त्री हुँदा ठूला आयोजनाको वकालत गर्दै आउनु भएका प्रधानमन्त्री देउवाले 7 नं प्रदेशमा रहेका जल भण्डार र प्राकृतिक साधनस्रोतको व्यवस्थित उपयोग गर्न सरकारले विशेष कार्यक्रमसमेत ल्याउने बताउनुभयो। उहाँले भन्नुभयो, 'प्राकृतिक साधनस्रोतको व्यवस्थित विकासले मात्र रोजगारीका सम्भावना बढ्ने भएकाले यसका लागि आवश्यक योजना तयार गरी अगाडि बढ्नु पर्छ।' हिमाली क्षेत्रका दुर्लभ जडीबुटी, वन सम्पदा र जलस्रोतको सदुपयोग गर्न सके रोजागारीका धेरै सम्भावना बढ्ने प्रधानमन्त्रीले बताउनुभयो।

जानकारी तथा लेखहरु