फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखराको पर्यटन विकासमा जोड

(GMT+08:00) 2017-07-04 16:15:18

नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–6 का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान गरेको छ।

नवनियुक्त अध्यक्ष श्रेष्ठ एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराका अध्यक्ष सोम थापाले पोखरालाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन नवनियुक्त अध्यक्ष श्रेष्ठ र नवनिर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउन सबै राजनीतिक दल, नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो। पोखरा लेखनाथ महानगरपालिका–6 का नवनिर्वाचित अध्यक्ष जगतबहादुर पहारीले पोखराको मुख्य पर्यटकीय आकर्षण फेवाताल–6 नं वडामा नै पर्ने भएकाले यसको संरक्षण र विकासका साथै यस क्षेत्रको विकासका लागि आफू सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले समृद्ध पोखराको निर्माणका लागि सम्पूर्ण पोखरेलीको सहकार्य र एकता आवश्यकता रहेकोमा जोड दिनुभयो।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नं 4 का अध्यक्ष गोविन्द पहारीले विकास निर्माणका लागि राजनीतिबाट माथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेल, निट पोखराका सल्लाहकार निलकण्ठ शर्मा र लक्ष्मीबहादुर भट्टराई, वरिष्ठ उपाध्यक्ष शिवराज अधिकारी, उपाध्यक्ष पशुपति शर्मा, नवनिर्वाचित वडा सदस्य हरिकृष्ण पहारी, पुण्य पहारी र राममाया विकलगायतले सुन्दर पोखराको निर्माणमा सबैको साथ र सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो।

रासस

जानकारी तथा लेखहरु